मेलबर्न । अष्ट्रेलियाको दक्ष पेशाको नयाँ सूचीमा पेशाहरु थपिएका छन् । अष्ट्रेलियाको पीआर पाउनको निम्ति दक्ष पेशाको सूचीमा नोमिनेट हुनुपर्छ । अष्ट्रेलिया अहिले त्यही स्किल्ड अकुपेसन लिस्ट अर्थात दक्ष पेशाको सूचीलाई बढाएको हो ।

सोमबार सार्वजनिक भएको नयाँ सूची स्किल्ड इन्डीपेनडेन्ट भिसा ( सबक्लास १८९ ) मा २ सय १२ पेशा रहेका छन् । स्किल्ड नोमिनेटेड भिसा ( सबक्लास १९० ) मा ४ सय २७ पेशाहरु रहेका छन् ।

त्यस्तै इम्प्लोयर नोमिनेसन स्किम भिसा ( सबक्लास १८६ ) मा २ सय १६ भिसा रहेका छन् भने टेम्पोररी स्किल सर्टेज भिसा ( सबक्लास ४८२ ) मा ५ सय ८ पेशा रहेका छन् ।

नयाँ पेशाको सूची मार्च ११, २०१९ देखि नै लागु हुने बताइएको छ । नयाँ सूचीमा कोरियोग्राफर, फुटबलर, मल्टिमिडिया स्पेसलिस्ट आदि पेशाहरु थपिएका छन् । पूरा सूची हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

Source : SBS News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments