कोरिया सरकारले इपीएस अन्तर्गत  गत असोज १० र ११ गते संचालित  पाँचौं  कोरियन भाषा परीक्षाको परीक्षाफल बुधबार सार्बजनिक गरेको छ। ५२ हजार ४ सय ८५ पुरुष सहित ६ हजार २ सय ८५ महिला कोरियन भाषा परिक्षामा सामेल भएका थिए | जस मध्ये   ३६ सय ६३  उमेरद्वार उत्तीर्ण भएका छन्। उतीर्ण मध्ये लिङ्गका आधारमा ३४ सय ६३ पुरुष रहेका छन् भने २ सय महिला रहेका छन् ।  औद्योगीक क्षेत्रका लागि २७ सय ६८ र कृषि क्षेत्र ८ सय ९५ जना उत्तीर्ण गराइएको छ ।

परीक्षाफल  अनुसार  औद्योगीक उत्पादन क्षेत्रको उमेरद्वार  ९ प्रतिशत उतीर्ण छन् । यो क्षेत्रमा ८० प्रतिशत भन्दा बढी अंक ल्याउने उमेरद्वारलाई मात्र  उतीर्ण गराइएको हो । त्यस्तै कृषिमा ३.२  उतीर्ण प्रतिशत रहेको छ । ७८ प्रतिशत ल्याउने उमेरद्वारलाई यो क्षेत्रमा उतीर्ण गराइएको छ  ।

यसै बर्षदेखि कोरिया सरकारले भाषा परीक्षा उत्तीर्ण गर्ने सबै उमेरद्वारले सीप परीक्षणमा  अनिवार्य सहभागी हुनुपर्ने नियम परिवर्तन गरेको छ । त्यस्तै यसअघि  ३ सय पुर्णाकको सो परीक्षण  फिजिकल ५०, अन्तर्वार्ता १०० र सीप परीक्षण १०० गरि २ सय ५० मा झारिएको छ ।

ईपीएस नेपालका निर्देशक डिल्लीराम बास्तोलाका अनुसार  उतीर्ण भएका उमेरद्वारको सबै प्रकृया  मङ्सिरसम्ममा  सकिने भएकाले उतीर्ण भएका उमेरद्वार जनवरीदेखि कोरिया जान पाउने छन् | यस वर्ष भाषा परिक्षाका लागि आवेदन दिने मात्रै ६२ हजार ५ सय १४ जना थिए |

 नतिजा यहाँ हेर्नुहोस Eps-Pass-list

EPS Passers List

Comments