मेलबर्न । अष्ट्रेलियाका एक व्यक्तिले स्विडेन पुगेर आफ्नो कानलाई नयाँ रुप दिएका छन् । स्विडेनका संचाइ मेबर शरीरको अंगलाई नयाँ रुप दिने काममा प्रख्यात मानिन्छन् । अष्ट्रेलियाका चार्ल्स बेन्टले आफ्नो कानको रुपमा परिवर्तन गर्नको लागि मेबरकहाँ पुगेका थिए । मेबरले सामाजिक संजालको पोस्ट मार्फत उक्त कुरा खुलाएका हुन् ।

मेबरले तस्बिर सहित राखेको उक्त पोस्टमा कानको बाहिरपट्टिको बीचको भाग काटिएको छ । पोस्ट मार्फत उनले यो सर्जरीले सुन्न सक्ने क्षमतामा कुनै असर नहुने र पछाडीको आवाज अझ प्रष्ट सुन्न सकिने दाबी गरेका छन् ।

पोस्टमा कमेन्ट गरेका स्वास्थ्य सम्बन्धि क्षेत्रमा काम गर्ने तथा कानका विशेषज्ञहरुले भने यसले कानमा असर हुने बताएका छन् । उनीहरुले यो सर्जरीले गर्दा व्यक्तिले अगाडीको या पछाडीको आवाज हो भन्ने छुट्टाउन नसक्ने बताएका छन् ।

Fresh #conchremoval on @charlesvbentley who traveled around the world from Australia to have this procedure performed by…

Posted by Chai At CALM – Body Modification Practitioner on Friday, March 15, 2019

Comments

comments