काठमाडाैं । मधेसको हिन्दु संस्कारअनुसार विवाहित महिलाको मृत्युपछि सिन्दुर–पोते सजाएर दाहसंस्कार गरिन्छ । पति जिउँदै हुँदा मृत्यु हुने महिललाई ‘भाग्यमानी’ ठानिन्छ । र, उनलाई पतिका नामको श्रृंगार लगाइदिन्छ ।

पर्साकी सुनितादेवी यादवको अन्तिम संस्कारमा पनि आइतबार समाजले त्यसै गर्यो । चिकित्सक पति सचितानन्दको यातनाबाट ज्यान गुमाएकी उनले मृत्युपछि पनि तिनै हिंस्रक पतिको नामको  सिन्दुर लगाउन बाध्य भइन् । अन्तिम संस्कारअघि मृत शरीरमा श्रीमान्को नामको सिन्दुर, पोते, रातो साडी र चुनरी आदी लगाइयो ।

अगुवा महिलाले यसलाई ‘अन्यायपूर्ण’ भनेका छन् । जुन श्रीमान्ले यातना दिएर हत्या गरे, तिनकै नामका सिन्दुर पोते लगाएर अन्तिम बिदाइ दिँदा महिलामाथिको हिंसालाई अझ बढावा पुगेको भन्दै सामाजिक सञ्जालममा व्यापक आपत्ति जनाइएको छ ।, आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form

career-in-aus

Comments

comments