एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत सोमबार राति भएको खेलमा किंग्स इलाभेन पञ्जाब विजयी भएको छ । पञ्जाबले नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेसहितको टोली दिल्ली क्यापिटल्सलाई १४ रनले हराएको हो ।

पञ्जाबले प्रस्तुत गरेको १६७ रनको लक्ष्य पछ्याएको दिल्लीले चार बल बाँकी हुँदा सबै विकेट गुमाएर मात्रै १५२ रन बनाउन सक्यो । दिल्लीका लागि ऋषभ पन्तले २६ बलमा ३९, कोलिन इनग्रामले २९ बलमा ३८, शिखर धवनले २५ बलमा ३० तथा कप्तान श्रेयस अय्यरले २२ बलमा २८ रन बनाए पनि हार टार्न सकेनन् ।

पञ्जाबका साम कुरानले चार तथा रविचन्द्रन आश्विन र मोहम्मद शामीले समान दुई–दुई विकेट लिए।

यसअघि पहिले ब्याटिङ्ग गरेको पञ्जाबले ९ विकेटको क्षतिमा १६६ रन बनाएको थियो । उसका लागि डेविड मिलरले ३० बलमा ४३, सर्फराज खानले २९ बलमा ३९ तथा मनदीप सिंहले २१ बलमा नटआउट २९ रन बनाए ।

दिल्लीका क्रिस मोरिसले तीन तथा सन्दीप लामिछाने र कागिसो राबडाले समान दुई–दुई विकेट लिएका हुन् ।

Comments

comments