काठमाडौं । सर्वोच्च अदालतले एनसेल खरिद–बिक्रीको लाभकर तीन महिनाभित्र असुल गर्न सरकारलाई निर्देशनात्मक आदेश दिएको छ । करको दायित्व निर्वाह नगरेसम्म एनसेलको लाभांश वितरण र सेयर बिक्रीको अनुमति रोक्न पनि सर्वोच्चले भनेको छ ।

गत २३ माघमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित कर असुली गर्न परमादेशमार्फत दिएको आदेशको सर्वोच्चले मंगलबार पूर्णपाठ सर्वाजनिक गरेको हो । ‘करको दायित्व निर्वाह नगरेसम्म कसैलाई पनि लाभांश वितरण र सेयर बिक्रीको अनुमति नदिनू–नदिलाउनू भनी विपक्षीहरुको नाममा परमादेशको आदेश जारी हुने ठहर्छ’ फैसलामा भनिएका छ । समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments