मेलबर्न । अष्ट्रेलियन सरकारले एउटा पीआर भिसा सहित तीनवटा नयाँ भिसाको घोषणा गरेको छ । रिजनल अष्ट्रेलियाको लागि सरकारले तीन वटा नयाँ भिसाको योजना ल्याएको हो ।

नयाँ पीआर भिसा अर्थात सबक्लास १९१ भिसा सन् २०२२ नोभेम्बर देखि उपलब्ध हुनेछ । त्यसको लागि तीन वर्षसम्म अष्ट्रेलियामा बसेर काम गरेको हुनुपर्नेछ ।

त्यस्तै, यो वर्षको नोभेम्बर देखि सबक्लास ४९४ र सबक्लास ४९१ भिसा उपलब्ध हुनेछन् । यी नयाँ भिसाको घोषणा संगै सबक्लास १८७ अर्थात रिजनल स्पोंसर्ड माइग्रेसन स्किम भिसा र सबक्लास ४८९ अर्थात स्किल्ड रिजनल प्रोभिजनल भिसा बन्द भएका छन् ।

सबक्लास १८७ भिसाको ठाउँमा सबक्लास ४९४ , स्किल्ड इम्प्लोयर स्पोंसर्ड रिजनल भिसा लागू हुनेछ । सबक्लास ४९१ भिसा स्किल्ड वर्क
रिजनल (प्रोभिजनल ) भिसा हो । यो भिसा पोइन्टमा आधारित हुन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments