काठमाडौं । घर बनाउँदा वा बनाइसकेपछि त्यसमा सामानहरु राख्दा वास्तु मिलाउनु उपयुक्त मानिन्छ । वास्तु मिलाउनाले घरपरिवारमा नकारात्मक शक्ति तथा सोंचले असर गर्न सक्दैन र जीवन सहज तथा राम्रो हुन्छ भन्ने आम धारणा छ ।

घर बनाउँदा बगैंचाको लागि घरको अगाडी-पछाडी केहि भाग छोड्ने गरिन्छ । त्यो भागमा हामीले फूल, तरकारी, फलफूल लगायत रोप्न सक्छौं । युवा ज्योतिष हरिहर अधिकारिका अनुसार, ती कुराहरुको लागि पनि वास्तु मिलाउनु जरुरी हुन्छ । फूल लगाउँदा पूर्वी वा उत्तर कुनामा लगाउनु उपयुक्त हुन्छ । त्यस्तै तरकारी लगाउँदा भने घरको उत्तरपट्टिको भाग उपयुक्त मानिन्छ ।

ज्योतिष अधिकारिका अनुसार, यदि फलफूल या अन्य ठूलो बिरुवा लगाउने चाहना भएमा घरको दक्षिण भागमा रोप्नुपर्छ । यसरि वास्तु मिलाएर रोप्दा घरमा सकारात्मक शक्तिको संचार हुन्छ । घरपरिवारमा शान्ती छाउँछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments