मेलबर्न । विक्रम सम्बत २०७६ को पहिलो दिन अर्थात नयाँ वर्षको अवसरमा अष्ट्रेलियाका प्रधानमन्त्री सहित अन्य राजनीतिक दलका प्रमुखले नेपालीसंग शुभकामना आदान प्रदान गरेका छन् ।

नेपाली नयाँ बर्ष २०७६ मनाउन भेलाभएका नेपालीहरुको बढ्दो उपस्थितिबीच अष्ट्रेलियाका राजनीतिक दलका शीर्षनेताहरुले नेपाली नयाँ वर्षको शुभकामना आदान–प्रदान गरेका छन् । विगतमा नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा कहिलेकाँहीमात्र शुभकामना आदनप्रदान गर्ने नेताहरुले यसपटक नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम नै गरेर खुसी साटेका हुन् । अष्ट्रेलियामा मे महीनाको १८ तारिखमा आम निर्वाचन हुँदैछ । अष्ट्रेलियाका प्रधानमन्त्री मोरिस र विपक्षी दलका नेता एवं लेबरपार्टीका नेता बिल सोर्टनले पनि शुभकामना दिएका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्री स्कटले विक्रम संम्वत २०७६ सालको अवसरमा बहुसांस्कृतिक, बहुआयामिक देश भएकाले अष्ट्रेलियाको संस्कृति, भाषा, कलालाई प्रर्बद्धन गर्नसक्ने विषयमा आश्वास्त पार्ने प्रयास गरिएको छ । सन्देशमा नेपालीहरु अष्ट्रेलियामा करिब पाँच दशकदेखि बसोबास गर्न थालेको भन्दै नेपाल–अष्ट्रेलिया द्वैत्य सम्बन्ध स्थापनाले दुई मुलुकबीचको गहिरो सम्बन्धलाई अझै प्रगाढ बनाएको जनाइएको छ ।

अष्ट्रेलियामा नेपाली समुदायको बड्दो उपस्थितिलाई ध्यानमा राखेर राजनीतिक दलका नेताहरुले शुभकामना दिनुलाई नेपालीहरुले आगामी चुनावी कडीको रुपमा लिएका छन् । जे भएपनि नेपाली नया“ वर्षको अवसरमा अष्ट्रेलियाका प्रमुख राजनीतिक दलका नेताहरुबाट नेपाली नयाँ वर्षको शुभकामना सन्देश प्राप्त गर्नुलाई पनि उपलब्धि भने मान्न सकिन्छ ।

Comments

comments