मेलबर्न । अष्ट्रेलियाले आफ्नो आप्रवासी तथा भिसा नीतिमा केही परिवर्तनहरू गरेको छ ।

यस्तै आगामी १ जुलाई २०१९ देखि यहाँको भिसा आवेदन शुल्कमा पनि ५.४ प्रतिशतले वृद्धि हुनेछ । यसले ‘भिजिटर सबक्लास ६००’ भिसाबाहेक सबै भिसालाई असर गर्नेछ । यसबाट सबैभन्दा बढी प्रभावित पार्टनर भिसा हुनेछ जसमा ३ सय ८६ डलर वृद्धि भएर ७ हजार ५ सय ४६.६४ शुल्क कायम रहनेछ।

अष्ट्रेलियन सरकारले प्रायोजित अभिभावक भिसामा नयाँ नीति बनाएको छ भने नयाँ रिजनल भिसा लागू गर्ने योजना बनाएको छ ।

प्रायोजित अभिभावक भिसा

१७ अप्रिल २०१९ देखि नयाँ प्रायोजित अभिभावक भिसा कायम गरिनेछ जुन भिसाअन्तर्गत पिआर प्राप्त व्यक्तिले आफ्नो अभिभावकलाई १० वर्षका लागि स्पोन्सर (प्रायोजन) गर्न सक्नेछन् । यसअन्तर्गत केवल एकजोडी अभिभावकलाई मात्र स्पोन्सर गर्न सकिनेछ भने यो भिसाको अधिकतम संङ्ख्या १५ हजार कायम गरिएको छ।

तीनवर्षे भिसाको शुल्क ५ हजार अस्ट्रेलियन डलर तथा ५ वर्षे भिसाको शुल्क १० हजार अस्ट्रेलियन डलर तोकिएको छ । यसमा दुईपटकसम्म मात्र आवेदन दिन सकिनेछ जसअन्तर्गत बढीमा अभिभावकहरू १० वर्षसम्म बस्न पाउनेछन्।

यहाँ बस्दा प्राइभेट हेल्थ इन्स्योरेन्स भने कायम राख्नुपर्नेछ । यस भिसाको सहायताले अभिभावकले पहिलेजस्तो वर्षदिनमा अस्ट्रेलिया नछोडिकनै आफ्ना छोरा/छोरी वा नातिनातिनासँगै बस्न पाउनेछन्।

नयाँ रिजनल भिसा

१ नोभेम्बर २०१९ देखि आप्रवासी तथा विद्यार्थीहरूलाई रिजनल अथवा ग्रामीण इलाकामा जानका लागि प्रोत्साहित गर्ने उद्देश्यले केही नयाँ भिसाहरू लागू गरिएको छ । यी भिसाअन्तर्गत आवेदकले कम्तीमा तीन वर्षसम्म सरकारले तोकेको रिजनल एरिया अथवा ग्रामीण इलाकामा वसोवास गर्नुपर्नेछ।

यी दुई नयाँ भिसालाई Skilled Employer Sponsored (Provisional) Visa र Skilled Work Regional (Provisional) Visa भनिएको छ।

स्किल्ड इम्प्लोयर स्पोन्सर्ड भिसा प्राप्त गर्नका लागि ग्रामीण इलाकामा रहेको कुनै कम्पनी वा इम्प्लोयरले आवेदकलाई प्रायोजन गर्नुपर्नेछ भने स्किल्ड वर्क रिजनल भिसा त्यस्ता व्यक्तिहरूलाई दिइनेछ जसलाई स्टेट वा टेरिटोरी सरकारले अथवा ग्रामीण इलाकामा बस्ने परिवारले नोमिनेट अथवा मनोनित गरेको हुनुपर्नेछ । यो भिसा पाँच वर्षको लागि दिइनेछ।

त्यसैगरी तेश्रो पर्मानेन्ट स्किल्ड भिसा सन् २०२२ देखि दिइनेछ भने यो प्राप्त गर्नका लागि यी माथिका दुईटामध्ये एउटा भिसा तीन वर्षका लागि कायम राख्ने पूर्वशर्त हुनेछ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments