काठमाडौं । नुडल्सको परिकार पकाउन छिटो र खान मीठो पनि हुने भएकोले खाजाको लागि उपयुक्त परिकारको रुपमा लिइन्छ । नुडल्स मध्ये चाउमिन बनाउन सजिलो, खाँदा मिठो र पाहुनालाई पस्किनको लागि पनि उपयुक्त हुन्छ । रेष्टुरेन्टको मेनुमा अत्यधिक रोजाइमा पर्ने यो परिकार घरमा पनि सजिलो तरिकाले पकाउन सकिन्छ । यहाँ साँधेको चाउमिन बनाउने तरिकाको चर्चा गरिएको छ ।

 

आवश्यक सामग्री

चाउमिन, टमाटर, प्याज, गाँजर, क्याप्सिकम

रातो धुलो खुर्सानी, नुन, टमाटर सस, सोया सस

 

विधि

एउटा भाँडोमा पानी बसाल्ने ।

त्यो पानी उमालिसकेपछि त्यसमा चाउमिन राखेर उमाल्ने ।

चाउमिन दुई मिनेटसम्म उमाल्ने र एउटा जालीले छान्दै चाउमिन निकाल्ने ।

चाउमिनमा थोरै तेल राखेर चलाउने, यसो गर्दा चाउमिन डल्लो पर्दैन ।

अब एउटा प्यानमा तेल तताउने ।

त्यसपछि चाउमिन राखेर चलाउँदै एकछिन पकाउने ।

अब चाउमिनलाई एउटा भाँडोमा राख्ने र त्यसमाथि प्याज, टमाटर, क्याप्सिकम, नुन, सस, खुर्सानी राख्ने ।

त्यसलाई काँटा चम्चाले राम्रो संग चलाउने ।

Comments

comments