मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली नयाँ वर्षको अवसरमा न्यू इयर धमाकाको भव्य तयारी भइरहेको छ । रोयल वेस्टर्न फुटबल क्लबको आयोजना तथा मेलबोर्न नेपलीज कमुनिटी वेस्टको संयोजनमा नयाँ वर्ष विशेष कार्यक्रम हुन लागेको हो ।

न्यू इयर धमाकालाई अझ विशेष बनाउनको लागि लोकप्रिय लोक गायक बद्रि पंगेनी,‘भाइरल भइदियो’ गीत मार्फत एउटा छुटै पहिचान बनाउन सफल गायक तथा गीतकार मानस राज र स्टाण्डअप कमेडियन तथा क्यारिकेचरका लागि लोकप्रिय सुवोद गौतमको प्रस्तुति रहनेछ ।

कार्यक्रममा NepAus Dance Group , DJ को साथमा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने छ ।

नेपालबाट भिजिट भिसामा आउनुभएका अभिभावक र बालबालिकाको लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको उक्त कार्यक्रममा अन्यको लागि टिकट शुल्क १५ डलर रहेको छ ।

कार्यक्रम यही आउँदो अप्रिल १९ तारिख शुक्रबारका दिन साइप्रस कमुनिटी हल, 495 Lygon St, Brunswick East VIC 3057 मा हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments