मेलबर्न । अष्ट्रेलियाबाट नेपाली युवाको ‘सस्तो माया’ सार्वजनिक भएको छ । बाबा फिल्म्सको प्रोडक्सनमा नेपाली विद्यार्थी कपिल सापकोटाको ‘सस्तो माया’ म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गीतलाई गायक कपिल सापकोटा र रुजन बस्नेतले संयुक्त रुपमा लेखेका हुन् भने म्युजिक भिडियोमा पनि गायक तथा गीतकार सापकोटालाई देख्न सकिन्छ ।

म्युजिक भिडियोको निर्देशन तथा सम्पादन संजय सेन्चुरीले गरेका हुन् । सेन्चुरीले अष्ट्रेलियामा रहेर आफ्नो पढाइसंगै म्युजिक भिडियो निर्माण कार्यलाई पनि अगाडी बढाइरहेका छन् ।

Comments

comments