मेलबर्न । अष्ट्रेलियाको मेलबर्न सहरमा म्युजिक नाइटको आयोजना हुने भएको छ । स्मार्ट एक्सेसले आयोजना गरेको उक्त कार्यक्रमलाई कंडेल कन्सल्टेन्सीले मूख्य प्रायोजन गरेको हो ।

म्युजिक नाइटमा ‘पन्छी’ गीत मार्फत अत्यधिक लोकप्रिय गायक पुष्पन प्रधान, नेपाल आइडलका निर्णायक साथै लोकप्रिय गीतकार, संगीतकार तथा गायक काली प्रसाद बास्कोटा र युवाहरुमाझ लोकप्रिय ब्याण्ड स्याडोजको विशेष प्रस्तुति रहनेछ । गायक पुष्पन प्रधान प्रस्तुतिको लागि आफ्नो ब्याण्ड सहित आउंदैछन् ।

“म पनि जाने” थिम राखिएको म्युजिक नाइट आगामी मे ४ , शनिबार स्थानिय म्याक्स वाटमा हुनेछ । म्युजिक नाइटमा प्रवेश शुल्कको लागि पहिल्यै बुकिङ्ग गर्दा २० डलर, कार्यक्रम अगाडी टिकट लिंदा २५ डलर, कार्यक्रम स्थलमै टिकट लिंदा ३० डलर र भीआइपी टिकट लिंदा ३५ डलर लाग्नेछ ।

आयोजकका अनुसार, म्युजिक नाइटमा १८ वर्षभन्दा माथीकाले मात्र प्रवेश पाउनेछन् । त्यसैले कार्यक्रममा सहभागी हुनेहरु आफ्नो परिचयपत्र सहित आउनुपर्नेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments