काठमाडौं । निर्देशक राजबहादुर सानेको निर्देशनमा बन्ने चलचित्र ‘मन्द मन्द’ मा अभिनेता विनय श्रेष्ठ मूख्य भूमिकामा अनुबन्धित भएका छन् ।

चलचित्रमा विनय पत्रकार रवि लामिछानेको भूमिकामा देखिनेछन्। भर्सटायल एक्टरको रुपमा चिनिएका विनय अभिनित चलचित्र ‘रोमियो एन्ड मुना’ प्रर्दशन भएको थियो । चलचित्र व्यावसायिक हिसाबले सफल नरहे पनि समीक्षात्मक हिसावले सफल भएको थियो।

चलचित्रमा उनीसँगै रविन्द्र झा, प्रमोद अग्रहरि र राजाराम पौडेल अनुबन्धित भएका छन्। रुद्राक्ष फिल्मसको ब्यानरमा रुद्र खनालले निर्माण गर्ने चलचित्रको छायांकन वैशाख तेस्रो सातादेखि सुरु हुनेछ ।

Comments

comments