काठमाडौं । ‘मिस नेपाल–२०१९’को ताज अनुष्का श्रेष्ठले पहिरिएकी छन् । आफ्ना २४ जना प्रतिस्पर्धीर्ला पछि पार्दै अनुष्काले यस वर्षको मिस नेपालको ताज आफ्नो पोल्टामा पारेकी हुन् ।

प्रमुख निर्णायकले सोधेका प्रश्न उत्कृष्ट जवाफ दिँदै श्रेष्ठ ‘मिस नेपाल’ बन्न सफल भएकी हुन् । अनुष्कालाई गत वर्षकी मिस नेपाल शृंखला खतिवडाले ताज पहिराइदिएकी थिइन् ।

अनुष्का अष्ट्रेलियाकी एनआरएन हुन् । उनी उच्च शिक्षाका लागि अष्ट्रेलिया सन् २०१४ मै पुगेकी थिइन्। सिड्नीको अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट ग्राजुएट गरेकी अनुष्काले १९ वर्षको उमेरमा भ्याटिकन सिटीमा इन्टर्नसिप गरेकी थिइन्।  इसाई धर्मगुरु पोप राष्ट्रप्रमुख हुने देश भ्याटिकन सिटीको अर्थ सचिवालयमा उनले मार्च २०१६ देखि जुन २०१६ सम्म चार महिना इन्टर्नसिप गरेकी थिइन् । अष्ट्रेलियाको कमनवेल्थ बैंकमा अफिसर रहेकी उनले भर्खरै बैंकको जागीर छोडेकी छिन् । यसअघि उनले सिड्नीको एक कन्सल्ट्यान्सीमा शैक्षिक परामर्शकर्ताका रुपमा कार्य गरिसकेकी छिन् ।

उनले सिड्नीमा भएको मिस नेपाल ओसेनिया जितेकी थिइन्।

बिहीबार राती अबेर सम्पन्न कार्यक्रममा प्रदिप्ता अधिकारी ‘मिस युनिभर्स–२०१९ घोषित भएकी छन् । त्यस्तै, मिस नेपाल अर्थ २०१९ को ताज रिया बस्नेतले पहिरिएक छन् । प्रतियोगितामा मिस नेपाल ईन्टरनेशनल–२०१९ को ताज मिरा कक्षपतिले जितिन् भने । मिस नेपाल सुपर नेशनल २०१९ रोज लामाले हात पारिन् । हिडेन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको यो २५औँ संस्करण हो ।

Comments

comments