काठमाडौं । प्रतिबन्धित नेकपाका महासतिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताले आफू्हरुले उठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताउनुभएको छ ।

भूमिगत रहेका उहाँले पार्टी प्रतिबन्धपछि पहिलो पटक दिएको अन्तर्वार्तामा सरकारले वार्ताका लागि औपचारिक आग्रह नगरेको दाबी गर्नुभयो ।

‘वार्ताबाट न हामी तर्सिन्छौँ, न त वार्ताले क्रान्तिले उठाएको विषयलाई समाधान गरिहाल्छ भन्नेमा विश्वस्त छौँ,’ उहाँले भन्नुभयो । एनसेलमाथिको कारबाहीपछि सरकारले पार्टी प्रतिबन्ध लगाएको उहाँको भनाइ छ । राजनीतिक दलका शीर्ष नेताको हत्या योजना उनको पार्टीले बनाएको भन्ने सरकारको दाबीमाथि विप्लवले खण्डन गर्नुभयो ।

Comments