सिड्नी । अष्ट्रेलियामा सरकारले तोकिदिएको न्युनतम तलब १८ । ९३ डलर रहेको छ । तर फुड डेलिभरी सर्भिसमा काम गर्ने कर्मचारीहरु भने आफूहरुलाई ९ डलर प्रतिघन्टा र कहिलेकाहीं त्यो भन्दा पनि कम तलब मिल्ने गरेको बताएका छन् ।

फुड डेलिभरी सर्भिसमा काम गर्ने कर्मचारीहरुका अनुसार, खाना डेलिभरी गर्दा खाना पोखिएमा, डेलिभरीको समयमा कुनै दुर्घटना भएमा त्यो खर्च उनीहरु आफैले व्यहोर्नुपर्ने हुन्छ । त्यस्तै, डेलिभरीको समयमा सवारी साधन पनि आफ्नै ल्याउन लगाइन्छ र त्यो सवारी साधानको बीमा देखि सम्पूर्ण खर्च कर्मचारीले व्यहोर्नुपर्छ । यसरि सबै खर्च कटाउँदा उनीहरुको आम्दानी प्रतिघण्टा ९ देखि १५ डलरसम्म मात्र हुन्छ ।

ती खर्चहरु कर्मचारीले नभई कमपनीले व्यहोर्नुपर्ने तथा आफूहरुलाई अन्य सेवामा काम गर्ने कर्मचारीहरुलाई सरह तलब सुविधा मिल्नुपर्ने माग गर्दै डेलिभरी सर्भिसका कर्मचारीहरुले प्रदर्शन गरेका छन् । ऊबर, मेन्युलोग, डिलीवरू आदि डेलिभरी सर्भिसमा काम गर्ने कर्मचारीहरुले मंगलबार उबर कम्पनीको सिड्नी स्थित मूख्य कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । Source : SBS News 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments