सात दिनको अन्तरालमा दुई पटक सगरमाथा आरोहण

काठमाडौँ । सात दिनको अन्तरालमा दुई पटक विश्वको सर्वोचच शिखर सगरमाथाको आरोहण गरेर कामिरिता शेर्पाले आफ्नो कीर्तिमानमा सुधार गरेका छन् ।

कामिरिता शेर्पा सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने व्यक्ति हुन् । उनले गएको बुधबार बिहान २३ औँ पटक सगरमाथाको शिखरमा पाइला टेकेर नयाँ कीर्तिमान बनाएका थिए ।

त्यसको सातौँ दिन अर्थात मंगलबार बिहान उनले फेरि सगरमाथाको सफल आरोहण गरेका छन् । उनले मंगलबार बिहान ६ बजेर ३८ मिनेट जाँदा २४ औँ पटक आरोहण गर्दै नयाँ कीर्तिमान बनाएको पर्यटन विभागले जनाएको छ ।

शेर्पाले २५ वर्षको अवधिमा २४ पटक सर्वोच्च शिखरमा पाइला टेकेका हुन् । सन् १९९४ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका उनले २५ पटकसम्म आरोहण गर्ने लक्ष्य रहेको बताउँदै आएका छन् ।

Comments

comments