मेलबर्न । रगतको अभावमा कसैको पनि मृत्यु नहोस् भन्ने उद्देश्यले रक्तदान गर्ने गरिन्छ । त्यसैले रक्तदानलाई जीवनदानको रुपमा समेत लिने गरिएको हो ।

हरेक वर्ष जुन १४ लाई विश्वभर रक्तदान दिवसको रुपमा मनाउने गरिन्छ । यस दिनले रक्तदाताहरुप्रति सम्मान प्रकट गर्नुका साथै सबैलाई रक्तदान गर्नको लागि प्रेरित गर्ने गर्छ । अष्ट्रेलियामा पनि जुन महिनाकै अन्तिममा नेपाली समाजले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । मेलबर्न नेप्लिज कम्युनिटी वेस्टले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

‘बि हिरो, डोनेट ब्लड’ नारा सहित आयोजना गरिएको उक्त रक्तदान कार्यक्रम आगामी २९ जुनमा हुनेछ । सो अवसरमा रक्तदान गर्न चाहने जोकोहीले आफ्नो नाम दर्ता गराउन सक्नेछन् । नाम दर्ताको लागि शंकर थापा ( ०४१२७७९८६०) , निराजन भट्ट ( ०४६६३९०६७), नारायण कटुवाल ( ०४०३१९३३०१ ) लाई सम्पर्क गर्न सकिनेछ ।

आयोजकका अनुसार रक्तदान कार्यक्रम Werribee Red Cross मा बिहान नौ बजेदेखि संचालन हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments