मेलबर्न । टेलिभिजन कार्यक्रम सिधाकुरा जनतासंगबाट लोकप्रिय पत्रकार रवि लामिछाने केही दिन देखि अष्ट्रेलियामा छन् । विभिन्न कार्यक्रमहरुका साथमा अष्ट्रेलिया आइपुगेका लामिछानेको उपस्थितिमा सिड्नीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरुले आफ्ना गुनासाहरु राखेका थिए ।

पत्रकार लामीछाने ३१ मे अर्थात आगामी शुक्रबार मेलबर्नवासी नेपालीहरुमाझ रहनेछन् । भौतिक विकासको दृष्टिकोणले विकट मानिएको कर्णालीमा सुविधासम्पन्न अस्पताल निर्माणको लागि रवि लामिछाने लागिपरेका छन् । सोही अस्पताल निर्माणको सहयोगार्थ मेलबर्नमा च्यारिटी डिनरको कार्यक्रम आयोजना गरिएको हो ।

च्यारिटी डिनर कार्यक्रम इस्टोनियन हाउसमा शुक्रबार बेलुका ६ बजे देखि सुरु हुने आयोजकले बताएका छन् । च्यारिटी डिनरमा सहभागिताको लागि विद्यार्थीहरुका लागि ३५ डलर र अन्य व्यक्तिहरुका लागि ५० डलर लाग्ने बताइएको छ ।

उक्त च्यारिटी डिनर कार्यक्रम नेप्लिज एसोसिएसन अफ भिक्टोरिया, एनआरएनए अष्ट्रेलिया भिक्टोरिया र माइ नेपाल टेलिभिजनको सहकार्यमा आयोजना भएको हो । कार्यक्रमलाई कंडेल कन्सल्टेन्सीले मूख्य प्रायोजन गरेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments