काठमाडौ । युईएफए च्याम्पयन्स लिगको उपाधि लिभरपुलले उचालेको छ।

शनिबार राति मड्रिडमा भएको फाइनलमा टोटनह्यामलाई पराजित गर्दै लिभरपुल छैठौं पटक च्याम्यन्स लिग च्याम्पियन बनेको हो।

अघिल्लो सिजनमा उपविजेतामै चित्त बुझाएको लिभरपुलले टोटनह्यामलाई २(० ले पराजित गरेको छ।

टोटनह्यामलाई निराश पार्दा लिभरपुलका लागि मोहम्मद सलाह र डिभोक ओरिगिले गोल गरे ।

खेलको दोस्रो मिनेटमा टोटनह्यामका खेलाडिले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरेपछि लिभरपुलले पेनाल्टी अवसर पाएको थियो ।

उक्त पेनाल्टीलाई सलाहले गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको ८७ अौं मिनेटमा ओरिगिले गोल गर्दै टोटनह्यामविरुद्व २(० को जित दिलाए ।

Comments

comments