काठमाडौं । नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि बनेको नयाँ मन्त्रिमण्डलको चासो नेपालमा पनि उत्तिकै छ । नेपालमा नाकाबन्दी लगाउन मुख्य भूमिका खेलेका एस जयशंकार विदेशमन्त्री बन्दा भारत नेपालको सम्बन्ध कस्तो हुने हो भन्ने आम चाँसो छ । पहिलो पटक पूर्ण अभिभारासहित महिला क्याबिनेट मन्त्री बनेकी निर्मला सिथारमनको पनि चर्चा छ ।

मोदी सरकारमा एक जना यस्ता मन्त्री पनि छन् जो चर्चित गायक हुन् । जसले प्रस्सत नेपाली गीत पनि गाएका छन् । उनका नेपाली गीत निकै लोकप्रिय छन् ।

सुपर हिट नेपाली फिल्म गोठालोको ‘धेरै दिन पछि तिमी याद आयौ’ उनले गाएको निकै लोकप्रिय गीत हो । भुवन केसीको सुपरहिट चलचित्र नेपाली बाबुको ‘मञ्जरी ए मञ्जरी’ पनि उनैले गाएका हुन् । रेखा थापाको फिल्म शासनको ‘कहाँबाट आउँछ कहाँ जान्छ माया’ उनले गाएको अर्को चर्चित गीत हो ।

उल्लेखित बाहेक उनले गाएका अन्य धेरै नेपाली गीत चर्चित भएका छन् ।

उनी हुन् भारतका लोकप्रिय गायक –बाबुल सुप्रियो ।

बाबुल सुप्रियो भारतको राज्य पश्चिम बंगालबाट लोक सभा सांसद निर्वाचित भएका हुन् । कुनैबेला कम्यूनिष्ट पार्टीको गढ रहेको बंगालमा हिन्दुवादी भारतीय जनत पार्टीको आधार बनाउन पार्टीले उनको लोकप्रिय छविलाई प्रयोग गरेको छ । कम्यूनिष्ट पार्टीबाट ममता बनर्जीको त्रिनमुल कंग्रेसको पकडमा सत्ता पुगेको पश्चिम बंगालमा यसपट भारतीय जनता पार्टीले उल्लेख्य सफलता हात पारेको छ । बाबुल सुप्रियो लगातार दोस्रो पटक सांसद भएका हुन् । पश्चिम बंगालको असनसोलबाट सांसद निर्वाचित भएका बाबुल बंगालमा भाजपालाई स्थापित गराउने अनुहारका रुपमा चिनिन्छन् ।

सन् २०१४ मा पहिलो पटक पश्चिम बंगालमा आफ्नो अस्तित्व काम गर्दा भाजपाले २ स्थानमा विजय हासिल गरेको थियो । जसमा एकजना बाबुल सुप्रियो थिए ।

यसपटक बंगालमा भाजपालाई १६ स्थानमा विजयी बनाएका बाबुललाई मोदी सरकारमा मन्त्री बनाइएको हो ।
बाबुल मोदी सरकारमा वातावरण राज्यमन्त्री बनेका छन् ।

Comments

comments