एजेन्सी । हिन्दि टेलीसिरिज ‘नागिन’ को तेस्रो सिरिजको अन्त्य भएको छ । तेस्रो सिरिजको अन्त्यसंगै चौथो सिरिजको टिजर समेत सार्वजनिक भइसकेको ‘नागिन’ को निर्माता एकता कपुर हुन् ।

नागिन सबैभन्दा बढी हेरिने हिन्दि टेलीसिरिज मध्येको एक हो । तर यसका अलोचनहरु पनि त्यति नै मात्रामा छन् । दर्शकहरुले नागिनमा नागिनलाई देखाएर असम्भव र बकवास कुराहरु देखाउंदै आएको बताउँछन् ।

यसै सन्दर्भमा नागिनकी निर्माता एकता कपुरले मानिसहरुले अंग्रेजी भएका कारण ‘गेम अफ थ्रोन्स’ लाई राम्रो भन्ने र हिन्दी भएका कारण ‘नागिन’ लाई नराम्रो भन्ने गरेको बताएकी छिन् । उनका अनुसार ‘गेम अफ थ्रोन्स’ मा पनि ‘ड्रागन’ लाई देखाइन्छ र नागिनमा पनि । त्यस्तै, गेम अफ थ्रोन्स र नागिनमा देखाइने जीवन, मृत्युको खेल उस्तै हुन्छ ।

निर्माता कपुरले गेम अफ थ्रोन्सको पर्खाइमा बस्ने दर्शकहरुले नागिनको आलोचना गर्दा अचम्म लाग्ने बताएकी छिन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments