काठमाडौं । प्रधानमन्त्री केपी ओली आज साताव्यापी युरोप भ्रमणमा जाँदै हुनुहुन्छ ।

आजबाट सुरु हुने प्रधानमन्त्रीओलीको साताव्यापी युरोप भ्रमण द्विपक्षीय महत्वका विषयमा केन्द्रित हुने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताउनुभयो । प्रधानमन्त्री ओलीको बेलायत, स्वीट्जरल्याण्ड र फ्रान्ससँगको सम्बन्धका आधार र सहकार्यलाई प्राथमिकतामा राखेर भ्रमण हुनेछ ।

यस्तै ब्रिटिस गोर्खासम्बन्धी समस्याको बारेमा नेपालले आफ्नो राष्ट्रिय अडान र मान्यतालाई कायम राख्दै अघि बढ्ने भट्टराईको भनाई छ । प्रधानमन्त्री ओलीले जेनेभास्थित आईएलओको सय वर्ष पुगेको अवसरमा आयोजित शतवार्षिकी कार्यक्रममा चौथो वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा ४० राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सहभागिता रहनेछ ।

प्रधानमन्त्रीको बेलायत भ्रमण अक्सफोर्ड विश्विद्यालयमा सम्बोधन गरेर औपचारिक रुपमा सुरु हुने कार्यतालिका रहेको छ । प्रधानमन्त्री ओलीले पेरिसमा पनि विभिन्न उच्चअधिकारीसंग भेटवार्ता गर्नुहुनेछ ।

Comments