एजेन्सी । चेल्सीका इडन हजार्ड रियल मड्रिडमा अनुबन्धित हुने भएका छन् । इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब रियल मड्रिडबिच हजार्डको अनुबन्धन रकम १५० मिलियन पाउण्डसम्म पुग्ने गरी सहमति भएको हो । हजार्ड रियल मड्रिडसँग पाँच वर्षको सम्झौतामा सहमत भएका हुन् । उनलाई आउँदो बिहीबार रियल मड्रिडमा पेश गर्ने तयारी छ ।

त्यसबिचमा उनको मेडिकल हुनेछ । सन् २०१२ मा लिलेबाट चेल्सी आएपछि बेल्जियमका हजार्डले ३५२ खेलमा ११० गोल गरेका छन् । गएका हप्ता चेल्सीले युरोपा लिग फुटबलको उपाधि जित्ने क्रममा हजार्डले दुई गोल गरेका थिए । चेल्सी छोड्ने निर्णय गर्नु आफ्ना लागि अहिलेसम्मकै ठूलो र कठिन निर्णय रहेको हजार्डले बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नयाँ अध्याय सुरु गर्नका लागि क्लब छोड्ने निर्णय गरेको उल्लेख गरेका छन् । चेल्सीमा रहँदाको रहेक क्षण आफूले इन्जोए गरेको हजार्डले उल्लेख गरेका छन् ।

Comments

comments