एजेन्सी । सिरियाली सरकारसँगको द्धन्द्धमा गोलकिपर अब्दुल अल–सारुटको निधन भएको छ। उनले सिरियाली राष्ट्रपति बसार अल–आसादविरुद्ध सशस्त्र विद्रोह गरेका थिए।

उनी आसादविरुद्ध गाउँदै हिड्ने भएकाले ‘विद्रोहका गायक’का रूपमा चिनिन्थे।

होम्स्का तर्फबाट व्यावसायिक फुटबल खेल्ने अल–सारुट २७ वर्षका थिए।

जयेश अल–इज्जा नामक विद्रोही समूहका प्रवक्ता मुस्तफा मारतीका अनुसार उत्तरी हामा प्रान्तमा दुई दिन अघि भएको द्वन्द्वमा परेर सारुटको निधन भएको हो।

सिरियाको इड्लिब प्रान्त र हामा प्रान्तका केही क्षेत्रमा गत वर्षको मध्यपछिको यो सबैभन्दा ठूलो द्वन्द्व हो। सारुटका चारजना दाजुभाइ र उनका बुबा पनि यही द्वन्द्वमा मारिएका छन्।

Comments

comments