न्यूयोर्क । नेपालकी एक चेली अमेरिकी सैनिकमा उच्च ओहदामा पुगेकी छिन। उनी हुन् अस्मिता गुरुङ। स्याङ्जामा जन्मिएकी अस्मिता अमेरिकाको अमेरिकन सैनिक संगठनको उच्च ओहदाको पद सेकेण्ड लेफ्टिनेन्ट पदमा नियुक्त भएकी छिन् । उनले विश्वकै वृहत सैनिक संगठनको लेफ्टिनेन्टमा ९ मे २०१९ मा सपथ समेत लिइसकेकी छन् ।

सेकेण्ड लेफ्टिनेन्ट अस्मिता गुरुङ गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको फेदीखोला ४ टोर्केमा जन्मेकी थिइन् । आफ्नै गाउँमा प्रारम्भिक शिक्षा हासिल गरेकी अस्मिता वि सं २०४६ साल मंसिर २९ गते स्याङ्जामा जन्मिएकी थिइन्। अस्मिताले पोखराको न्यू मिलिनियम बोर्डिङ स्कुलबाट एसएसली उत्तीर्ण गरेकी थिइन् भने उनले ंप्लास २ सगरमाथा हाइयर सेकेण्डरी स्कुलबाट गरेकी थिइन्। त्यसपछि उनि अमेरिका गएकी थिइन् ।

अस्मिताले अध्ययनको शिलशिलामा अमेरिकाको टेक्सास राज्यमा ब्याचलर अफ साइन्स (नर्सिङ) मा स्नातक गरेकी छिन् । उनले विश्वकै वृहत सैनिक संगठनको लेफ्टिनेन्टमा ९ मे २०१९ मा सपथ लिएकी हुन् । उनका बुबा आइबहादुर अवकासप्राप्त भारतीय सेना हुन् ।

अस्मिताले भविष्यमा सक्रिय ड्युटी नर्स कर्पोरेशनमा रहने प्रतिवद्धता जाहेर गरेकी छिन् ।

Comments

comments