मेलबर्न । अहिले सांगीतिक बजारमा ‘गलबन्दी’ गीतले सबैलाई आकर्षित गरिरहेको छ । लोक गायक, सर्जक तथा मोडलको रुपमा आफूलाई स्थापित गर्न सफल प्रकाश सपुतको उक्त लोकगीत देश विदेशमा रहेका सम्पूर्ण नेपालीको मनमा बसेको छ ।

उनै प्रकाश सपुत आफ्नो धमाकेदार प्रस्तुति सहित अष्ट्रेलिया आउने भएका छन् । सोलाङ्गचर र युनाइटेड फुटबल क्लबको सहकार्यमा आयोजना हुन लागेको ‘गलबन्दी र पछ्यौरी साँझ’ मा उनले आफ्नो प्रस्तुति दिने भएका हुन् ।

उक्त कार्यक्रममा दोहोरी ब्याटलमा प्रकाश सपुत संगै गाएकी प्रतिभावान लोक गायिका प्रीति आले र नेपालको डान्स रियालिटी शो बुगी वुगीको पहिलो सिजनकी विजेता कविता नेपालीको समेत प्रस्तुति रहनेछ ।

‘गलबन्दी र पछ्यौरी साँझ’ आगामी अगस्ट महिनाको २५ तारिख, आइतबारका दिनमा हुनेछ । आयोजकका अनुसार कार्यक्रम साँझ ६ बजेदेखि राती १० बजेसम्म हुनेछ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments