मेलबर्न । अष्ट्रेलियामा विदेशी विद्यार्थीहरुको आकर्षण बढिरहेको छ । नेपाल, भारत, चीन लगायत देशबाट हरेक वर्ष लाखौँ विद्यार्थी पढ्नको लागि अष्ट्रेलिया आउने गर्छन् । अष्ट्रेलियामा यसरि विद्यार्थी आकर्षित हुनुको मुख्य कारण उत्कृष्ट युनिभर्सिटी पनि हो ।

हरेक वर्ष सार्वजनिक हुने विश्वका उत्कृष्ट युनिभर्सिटीको सुचीमा अष्ट्रेलियाका युनिभर्सिटीहरु पनि पर्ने गर्छन् । यो वर्ष पनि विश्वका उत्कृष्ट १ सय युनिभर्सिटीको सूचीमा अष्ट्रेलियाका ७ वटा युनिभर्सिटी परेका छन् ।

अष्ट्रेलियन नेशनल युनिभर्सिटी उक्त सूचीमा २९ औं स्थानमा आएको छ । त्यस्तै युनिभर्सिटी अफ मेलबर्न २८ औं स्थानमा, युनिभर्सिटी अफ सिड्नी ४२ औं स्थानमा, युनिभर्सिटी अफ न्यु साउथ व्हेल्स ४३ औं स्थानमा, युनिभर्सिटी अफ क्विन्सल्याण्ड ४७ औं स्थानमा र मोनास युनिभर्सिटी ५८ औं स्थानमा आएका छन् ।

QS World University Rankings ले उक्त सूची सार्वजनिक गरेको हो । युनिभर्सिटीको रिसर्च पर्फर्मेन्स, विद्यार्थीले पढाइ पछि प्राप्त गरेको रोजगारी, शैक्षिक क्षेत्रमा मिलेको नतिजा, विद्यार्थीको लागि उपलब्ध स्टाफ तथा सुविधा आदिको आधारमा सूची तयार गरिएको बताइएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments