मेलबर्न । अष्ट्रेलियावासी जीवन रसाइलीको अमिलो निबुवाले यतिबेला सांगीतिक बजारमा चर्चा बटुलीरहेको छ । पोखराका जीवन रसाइली हाल अष्ट्रेलियामा बस्छन् । विदेशको व्यस्त र संघर्षशील जीवनशैलीको चुनौतीलाई चिर्दै अगाडी बढेका उनले अष्ट्रेलिया पुगेर पनि आफ्नो रुचि अनुसार भिडियो निर्माण, निर्देशन लगायतका कामलाई निरन्तरता दिएका छन् । अहिले अष्ट्रेलियामा खिचिएका धेरैजसो नेपाली म्युजिक भिडियोमा उनको नाम आउने गर्छ ।

म्युजिक भिडियो निर्देशनमा आफूलाई अब्बल सावित गरेका रसाइलीले ‘अमिलो निबुवामा आफूलाई गायकको रुपमा समेत परिचित गराएका छन् । रसाइलीलाई स्वरमा निकिता थापाले साथ दिएकी छिन् । गीतमा दिपक सिलवालको शब्द तथा संगीत रहेको छ भने कुशल सिंहको एरेन्ज रहेको छ ।

गीतको म्युजिक भिडियोलाई जीवन रसाइलीले स्वयम् निर्देशन गरेका हुन् । भिडियोमा टिकटकका हिट ट्वीन्स प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा तथा दीपा श्रेष्ठ र दमन्ता श्रेष्ठको र साथमा शिशिर भण्डारी र मिलन शंकरको अभिनय रहेको छ ।

नवराज उप्रेतीले छायांकन गरेको भिडियोमा नबिन निरौलाको सम्पादन र गम्भीर बिस्टको कोरियोग्राफी रहेको छ ।

भिडियो लिंक : https://www.youtube.com/watch?v=CPhKQlXjtKs

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments