एडलेड । साउथ अष्ट्रेलिया सरकारले यो वर्षका लागि नयाँ अकुपेशन लिस्ट सार्वजनिक गरेको छ । जुलाई ३ मा उक्त लिस्ट सार्वजनिक भएको हो ।

साउथ अष्ट्रेलियामा बस्नेहरुका लागि २ सय ७५ र सप्लीमेनट्री स्किल्ड लिस्टमा २ सय २३ पेशाको सुची सार्वजनिक भएको छ । साउथ अष्ट्रेलियामा ग्राजुएट विदेशी विद्यार्थी, साउथ अष्ट्रेलियामा कम्तिमा १२ महिना देखि काम गरिरहेका दक्ष व्यक्तिहरु, साउथ अष्ट्रेलियामा पीआरधारी परिवारका सदस्य भएका व्यक्ति र उच्च पोइन्ट भएका व्यक्तिहरुका लागि यी पेशामा प्राथमिकता दिइएको छ ।

गृह विभागका अनुसार, ८० भन्दा माथी पोइन्ट भएकाले अतिरिक्त पेशामा समेत अवसर पाउनेछन् । यसको लागि व्यक्ति अंग्रेजीमा दक्ष, कामको अनुभव र काममा उच्च दक्षता हुनुपर्नेछ ।

अकुपेशन लिस्टको बारेमा विस्तृत जानकारी लिनको लागि यहाँ क्लिक गर्नुहोस् ।

Source : SBS News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments