मेलबर्न । गैरर आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाको नयाँ नेतृत्वका लागि मतदान जारी छ ।

आगामी २ वर्षीय कार्यकालको लागि अध्यक्षसहितका विभिन्न पदको चुनाव आज बिहान ८ बजेबाट देशैभरी जारी छ ।

विभिन्न राज्य कमिटी, राष्ट्रीय कमिटी र अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य गरी २२९ पदका लागि करिब ४०० जनाको उमेदवारी परेको छ । करिब १२ हजार सदस्य संख्यासहित संसारको सबैभन्दा ठूलो एनसीसी बनेको अष्ट्रेलिया सदस्यता बृद्धिसँगै नेतृत्व तहमा पनि धेरैले ईच्छा देखाएका छन् ।

२०१९–२१ कार्यसमिति चयनका लागि हुन लागिरहेको आसन्न यो चुनावी प्रक्रियामा केशव कँडेल र दिनेश पोखरेलबीच दुई पक्षीय भिडन्त हुने देखिएको छ । मतदानको मतपरिणाम आजै सार्वजनिक हुनेछ ।

Comments

comments