डार्विन । अष्ट्रेलियामा एक परिवारले छोरालाई अनलाइन बजारमा सेलमा राखेका छन् । डार्विनको एक परिवारले छोरालाई गमट्रीमा सेलमा राखेको हो ।

परिवारले बाहिर खेलाउने खेलको समूहमा ती बालकलाई सेलमा राखेको थियो । ठेगाना सहित राखिएको उक्त सेलमा बालकको मूल्य ५० डलर राखिएको थियो ।

गमट्रीले आफ्नो वेबसाइटमा शरीर या शरीरका कुनै पनि अंग किनबेचको लागि राख्न नपाइने उल्लेख गरेको छ । ती बालकको बारेमा पोस्ट देखेपछि गमट्रीले उक्त पोस्ट हटाएको छ ।

गमट्रीले त्यस्तो किसिमका कुनै पनि पोस्ट देखेमा तुरन्त खबर गर्न सबैलाई आग्रह गरेको छ । Source : 7 News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments