मेलबर्न । सरकारले अष्ट्रेलियाका लागि सिफारिस राजदूत महेशराज दाहालको नाम अनुमोदन गरेको छ ।

सोमबार बसेको संसदीय सुनुवाइ समितिले शेर्पासँगै अन्य तीन जनाको नाम पनि राजदूतमा अनुमोदन गरेको हो । योसँगै दाहाल अष्ट्रेलियाका लागि राजदूत बन्नुहुने पक्का भएको छ । दाहाल नेकपा अध्यक्ष पुष्पकमल दाहालका पारिवारिक सदस्य समेत हुनुहुन्छ । उहाँका केही समय अगाडि मात्र नेपाली काँग्रेसबाट नेकपामा प्रवेश गर्नुभएको थियो । दाहाल यसअघि नेपाल टेलिभिजनका अध्यक्ष हुनुहुन्थ्यो । उहाँविरुद्ध सुनुवाइ समितिमा अमेरिकाको ग्रीन कार्ड रहेको उजुरी परेको थियो । तर दाहालले त्यसमा कुनै सत्यता नभएको जवाफ दिनुभएको थियो ।

अनुमोदित चारै जना नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ९प्रचण्ड० तथा वरिष्ठ नेता माधव नेपाल निकटका हुन्।

Comments

comments