सिड्नी । अष्ट्रेलियामा घरभाडामा बस्ने विदेशी विद्यार्थीहरुलाई घरधनीहरुले ठगी गर्ने गरेको तथ्य बाहिरिएको छ । मगलबार सार्वजनिक भएको उक्त तथ्यमा विशेष गरि सिड्नीमा विद्यार्थीहरुमाथि घरधनीहरुले शोषण गर्ने गरेको पाइएको हो ।

घरभाडामा बस्नु अगाडी लिखित रुपमा सम्झौता गर्नुपर्ने हुन्छ । विद्यार्थीहरुले सुरुमा थाहा नभएका कारण मौखिक सम्झौता गर्ने या सम्झौता पत्रमा उल्लेख गरिएका कुरामा पूर्ण ध्यान नदिंदा ठगीका घटना अझ बढेका छन् ।

घरधनीहरुले घरभाडा लिए अनुसारको र सम्झौता अनुसारको सुविधाहरु नदिने, सम्झौता गर्दा घरभाडा बुझाइएको पैसामा सबैकुरा पर्ने बताउने तर पछि विभिन्न बिलको नाममा पैसा माग्ने, विभेदपूर्ण व्यवहार गर्ने गरेको विद्यार्थीहरुले बताएका छन् ।

यस सम्बन्धि विस्तृत समाचारको लागि यहाँ क्लिक गर्नुहोस् >> 7 News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments