काठमाडौं । नेपाली हिन्दुहरुको महान पर्व तीजको अवसरमा तीज गीतका म्युजिक भिडियोहरु सार्वजनिक भइरहेका छन् । त्यसैक्रममा अर्को रमाइलो तीज गीत सार्वजनिक भएको छ । रेश्मा केसी र तृप्ती खड्काको ‘ नेटो काटम की यसपाली ‘ म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गीतमा पार्वती थापाको शब्द र गायिका तृप्ती खड्काको लय सृजना रहेको छ । तृप्ति खड्का, रेश्मा केसी र सन्दीप न्यौपानेको स्वरले सजिएको गीत तीजका चेलीहरुलाई नचाउने किसिमको बनेको छ । गीतमा तृप्ती खड्काको संगीत तथा श्यामस्वेत रसाइलीको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा लालुमै गीतबाट चर्चामा आएका गायक तथा मोडल संदिप न्यौपाने तथा मोडल विजय गुरुङ र पछिल्लो समय चर्चामा रहेका मोडलद्वय अन्जली अधिकारी र करिस्मा ढकालको अभिनय रहेको छ । प्रकाश खड्काले छायांकन गरेको उक्त म्युजिक भिडियोमा विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको छ । भिडियोलाई मिलन विश्वकर्माको सम्पादन गरेका हुन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments