अष्ट्रेलियाका युनिभर्सिटीहरुका विभिन्न संगठन (नेटवर्क) हुने गर्छन् । उक्त युनिभर्सिटी कुन नेटवर्कसंग आबद्ध छ, त्यो अनुसार युनिभर्सिटीको कार्य र उद्देश्यको बारेमा जान्न सकिन्छ । ग्रुप अफ एट, द अष्ट्रेलियन टेक्नोलोजी अफ युनिभर्सिटीज, द रिजनल युनिभर्सिटीज नेटवर्क र द इनोभेटिभ रिसर्च युनिभर्सिटीज नेटवर्क अष्ट्रेलियामा रहेका युनिभर्सिटी नेटवर्क हुन् ।
त्यस्तै एसोसियसन अफ पेसिफिक रिम युनिभर्सिटीज, इन्टरनेसनल अलायन्स अफ रिसर्च युनिभर्सिटीज अन्तर्रा्ष्ट्रिय नेटवर्क हुन् ।
सबै युनिभर्सिटीहरुको सबै पक्ष सबल हुँदैन । आफूले रोजेको कोर्सलाई उक्त युनिभर्सिटीले प्राथमिकतामा राखेको छ कि छैन बुझ्नुपर्छ । आफ्नो लक्ष्यलाई युनिभर्सिटीको सबल पक्षले समेटेको भए मात्र उक्त युनिभर्सिटी रोज्नुपर्छ ।
युनिभर्सिटीहरुमा व्यवसायिक दक्षताको लागि दिईने ज्ञान, गेस्ट लेक्चर, फिल्ड वर्कको बारेमा पर्याप्त जानकारी लिनुपर्छ । त्यस्तै युनिभर्सिटीले दिने छात्रवृत्ति र इन्टर्नशीपबारे थाहा पाउनुपर्छ ।
युनिभर्सिटीसँग आबद्ध कलेजहरुको संख्या र स्थिति, त्यहाँ विदेशी विद्यार्थीलाई दिईने प्राथमिकता, विदेशी विद्यार्थीहरुको संख्या र उनीहरुको अनुभव आदि बुझ्नुपर्छ । जसले गर्दा आफूलाई विदेश विद्यार्थीहरुसँग घुलमिल हुने र विभिन्न क्षेत्रको ज्ञान लिने अवसर मिल्छ ।
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.