एजेन्सी । मकडोनाल्डको प्लेग्राउण्डमा ४ वर्षिया बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ । ३७ वर्षीय व्यक्तिले प्लेग्राउण्डको बाथरुममा बालिकामाथि यौन दुर्व्यवहार गरेका हुन् ।

घटना अमेरिकाको ओक्लाहोमामा घटेको हो ।

बालिका डेकेयरबाट उक्त रेष्टुरेन्टमा पुगेकी थिइन् । बाथरुम गएकी बालिका फर्किन ढिला गरेपछि डेकेयरका कर्मचारी उनलाई बोलाउन पुगेका थिए ।

त्यसपछि ती व्यक्ति हतार हतार बाहिर निस्किए र आफू हात धुनको लागि त्यहाँ पुगेको बताए । तर बालिकाले ती व्यक्तिले आफूमाथी गरेका सबै दुर्व्यवहार बताएपछि घटना बाहिर आएको थियो ।

प्रहरीले ती व्यक्तिलाई पक्राऊ गरी कारबाही अगाडी बढाएको छ ।

Source : metro.co.uk

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments