सिड्नी । नेपालीहरुका विशेष पर्वहरु जनैपूर्णिमा, गाईजात्रा, तीज नजिकिंदैछन् । नेपाली संस्कृतिको सम्बर्द्धन र प्रबर्द्धनमा सक्रिय अष्ट्रेलियावासी नेपालीहरुले यी पर्व धुमधामका साथ मनाउने तयारि गरिरहेका छन् । यसैक्रममा गाईजात्रा तथा तीज महोत्सवको आयोजना गरिएको छ । गोरखा समाज अष्ट्रेलियाले कार्यक्रमको आयोजना गरेको हो ।

गत वर्ष समेत गाईजात्रा महोत्सवको आयोजना गरेको गोरखा समाजले कार्यक्रमलाई यसवर्ष अझ सभ्य, भव्य र व्यवस्थित बनाउने तयारी गरिरहेको छ ।

कार्यक्रममा गाईजात्रा हाँस्यव्यंग्यको लागि लोकप्रिय कलाकारहरु राजा राजेन्द्र र जेरीको विशेष प्रस्तुति रहनेछ । यसका साथै लाखे नाच, टाकटुके नाच, दोहोरी गीत तथा तीजका गीत / नृत्यहरु र स्थानिय कलाकारहरुको प्रस्तुतिले कार्यक्रम थप रमाइलो हुनेछ । कार्यक्रममा नेपाली खाना समेत रहने बताइएको छ ।

गाईजात्रा तथा तीज महोत्सव आगामी अगस्ट १८ तारिख आइतबारका दिन सिड्नी स्थित Wyatt पार्कमा हुनेछ । बिहान १० बजे देखि साँझ ५ बजेसम्म चल्ने कार्यक्रममा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले बताएका छन् ।

कार्यक्रमलाई मल्टी डायनामिक रियल स्टेटले मूख्य प्रायोजन गरेको छ ।

 

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments