एजेन्सी । उत्तर कोरियाले दुईवटा प्रोजेक्टाइल समुद्रमा प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।

उत्तर कोरियालो बिहीबार बिहानै दुईवटा ‘अनआइडेन्टिफाइड’ प्रोजेक्टाइल समुद्रमा लक्षित गरी प्रहार गरेको दक्षिण कोरिायको सेनाले जनाएको हो ।

उत्तर कोरियाले पछिल्लो दुई महिना यता गरेको यो पहिलो प्रक्षेपण हो । उत्तर कोरिया र अमेरिकाबिच परमाणु वार्ता पुनः स्थापित गर्ने प्रयास भइरहेका बेला प्रोजेक्टाइल प्रहार भएको हो ।

उत्तर कोरियाले आफ्नो पूर्वी तटीय बजार वानसनबाट प्रहार गरेको प्रोजेक्टाइलले ४३० किलोमिटर दूरी तय गरेको दक्षिण कोरिायका सैन्य प्रमुखलाई उद्धृत गर्दै टाइमले जनाएको छ ।

प्रहार भएको प्रोजेक्टाइलको प्रकार थाहा हुन सकेको छैन । तर यसअघि हुने गरेका यस्ता प्रक्षेपणमा मिसाइल या अर्टिलरी हुने गरेका थिए ।

कूटनीतिक सम्बन्ध सुमधुर बनाउनका लागि भइरहेको वार्ता असफल भएमा के हुन्छ भन्ने अमेरिकालाई उत्तर कोरियाले देखाउन चाहेको केही अनुगमनकर्ताले बताएका छन् ।

Comments

comments