गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा गएको पहिरोमा पुरिएका सबैको शव निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बिहीबार बिहान एकजनाको शव निकालिएसँगै पुरिएका सबै १३ जनाको शव फेला परेको हो ।

गएको सोमबार राति पहिरो जाँदा १३ जना बेपत्ता भएका थिए । सबै १३ जनाको शव फेला परेको र उनीहरुको पहिचान गरी अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइएको गुल्मी प्रहरीका रवीन्द्र खड्काले जानकारी दिनुभयो ।

Comments