मेलबर्न । गैर आवासिय नेपाली संघ ( एनआरएनए )का अध्यक्ष भवन भट्टले आफू दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा नउठ्ने बताएका छन् । उनले फेसबुक लाइभ मार्फत आफ्नो उक्त निर्णय सार्वजनिक गरेका हुन् ।

आउँदो दशैँताका नेपालमा एनआरएनको विश्व सम्मेलन हुनेछ । उक्त सम्मेलनले एनआरएनएको आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ । एनआरएनमा दुई कार्यकालसम्म अध्यक्ष हुन पाउने प्रावधान छ । यसै अनुरुप यसअघि एक पटक अध्यक्ष भएकाहरुले अर्को पटकको लागि पनि अध्यक्ष पदमा उम्मेद्वारी दिने गर्थे । भवन भट्टले भने उम्मेदवारी नदिने तर संस्थालाई अझ बलियो बनाउंदै अगाडी बढाउनको लागि निरन्तर लागिरहने बताएका छन् ।

वर्तमान अध्यक्ष भट्टले दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा उम्मेद्वारी नदिने निर्णय गरेपछि धेरैले उनले पदप्रति लालसा नदेखाएको र त्यो ट्रेन्डलाई पनि ब्रेक गरेको भनि प्रशंसा गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments