बैंकक । दिगो शान्तिका पक्षमा थाइल्याण्डमा र्याली निकालिएको छ । थाइ नागरिक र विद्यार्थीहरु र्यालीमा सहभागी भएका थिए । थाइल्याण्डको पट्टानीमा आतंकवादी बम आक्रमणमा परी २५ निर्दोष सर्वसाधरण मारिएपछि सोको विरोधमा र्याली निकालिएको हो ।

शान्ति पैदल यात्रा र शान्ति धुन सहित र्याली निकालिएको हो । शान्तिको संस्कृति विकास गर्नका लागि कार्यक्रमको आयोजना गरिएको हो । दिगो शान्तिका पक्षमा सबै लाग्नुपर्ने कार्यक्रमका सहभागीहरुको जोड थियो ।

शान्तिका पक्षमा अन्तर्राष्ट्रिय कानुन बनाउनुपर्ने माग समेत र्यालीमा सहभागीले गरेका थिए । सहभागीहरुले शान्ति पत्र अभियान अन्तर्गत थाई उच्च नेतृत्वलाई पत्र समेत लेखेका छन् । पत्रमा शान्ति प्रवर्द्धनका विषय र युद्ध अन्त्य र शान्ति घोषणा सम्बन्धि कार्यपत्र डिपिसिडब्लुका बारेमा उल्लेख छ ।

हेभन्ली कल्चर अफ वल्र्ड पसि रेष्टोरेशन अफ लाइट एचडब्लु पिएलले युद्ध अन्त्य र विश्व शान्तिको घोषणा हुनुपर्ने र सोको व्यवस्था कानुनी रुपमा नै संयुक्त राष्टसंघ मार्फत् गरिनुपर्ने भन्दै अभियान चलाइरहेको छ । कोरियाली संस्था एचडब्लुपिएलले विश्वव्यापी रुपमा शान्ति प्रवद्र्धनात्मक कार्यक्रम गरिरहेको छ ।

Comments

comments