मेलबर्न । अष्ट्रेलियामा नेपाली चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को शो हुनेभएको छ । नेप्ले इभेन्ट्स र इनेपालको सहकार्यमा उक्त प्रिमियर शो हुनेभएको हो ।

रिलिजको तयारिमा रहेको ‘कबड्डी कबड्डी कबड्डी’ को मेलबर्नमा दुईवटा शो हुनेछ । आयोजकका अनुसार पहिलो शो अगस्ट ३० मा हुनेछ भने दोस्रो शो सेप्टेम्बर ३ मा हुनेछ ।

शो 380 Lygon Street, Carlton स्थित Cinema Nova मा बेलुका ६ बजेदेखि सुरु हुनेछ । शोको लागि 0426700605 मा म्यासेज गरेर आफ्नो टिकट सुरक्षित गर्न सकिनेछ ।

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ नेपालमा असोजको ३ गते रिलिज हुने बताइएको छ । रामबाबु गुरुङ निर्देशित यो चलचित्र ‘कबड्डी’को तेस्रो श्रृखंला हो । ‘कबड्डी कबड्डी कबड्डी’ मा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सनविक्रम राई, बुद्धि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा लगायत कलाकारहरुको अभिनय रहेको छ ।

 

Comments