काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) द्वारा घोषित पछिल्लो वरीयतामा ठूलो छलाङ मारेका छन्। हालै मलेसिया र सिंगापुरमा गरेको प्रदर्शनका आधारमा उनी आईसीसीको वरीयतामा पनि ठूलो छलाङ मारेका हुन् ।

आईसीसीद्वारा घोषित टीट्वन्टी खेलाडीको अलराउन्डर वरीयतामा पारस २५औं स्थानमा उक्लिएका छन्। उनी न्युजिल्यान्डका चर्चित खेलाडी कोलिन डी ग्रान्डहोम, इङ्ल्यान्डका डेभिड विली, जोए रुट, बेन स्टोक्स र मोइन अली, पाकिस्तानका इमाद वसिम, श्रीलंकाका इसुरु उडना, दक्षिण अफ्रिकाका क्रिस मोरिस,  रोहित शर्मा, वेस्ट इन्डिजका क्रिस गेलजस्ता खेलाडीभन्दा अगाडि छन्। यसअघिको टीट्वेन्टी अलराउन्डर वरीयतामा पारस ३९औं स्थानमा थिए।

ब्याटिङमा पनि पारस खड्का ६६ औं स्थानमा उक्लिएका छन् । टीट्वेन्टी ब्याटिङ वरीयतामा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी पारसभन्दा एक स्थान पछाडि छन्। यस्तै वेस्ट इन्डिजका क्रिस गेल, भारतका सुरेश रैना, श्रीलंकाका कुशल मेन्डिस, पाकिस्तानका अहमद सेहजाद, जिम्बाबेका ब्रेन्डन टेलर, न्युजिल्यान्डका कोरी एन्डर्सन पारसभन्दा पछाडि छन्।

अलराउण्डरतर्फकाे पूरा र्‍याङ्किङ यहाँ हेर्नुहाेस्

ब्याटिङतर्फकाे पूरा र्‍याङ्किङ यहाँ हेर्नुहाेस्

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments