काठमाडौं । तीज नजिकिदै गर्दा नेपाली बजारमा सुनको मूल्य बढेर हरेक दिन नयाँ रेकर्ड कायम हुन थालेको छ । बिहीबार छापावाला सुन प्रतितोला ७० हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

गएको शुक्रबार तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको सुनको भाउ त्यसयता लगातार बढिरहेको हो । चीन, अमेरिका तथा भारत र पाकिस्तानबिच बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको बताइएको छ ।

चाँदीको भाउ पनि लगातार बढ्दो छ । चाँदीको भाउ बिहीबार तोलामा १५ रुपैयाँ बढेर ८ सय २५ रुपैयाँ पुगेको छ ।

Comments