मेलबर्न । अष्ट्रेलियामा ट्रेन कर्मचारीहरुले आन्दोलनको तयारि गरिरहेको जनाएका छन् । मेलबर्नमा चल्ने ट्रेनका कर्मचारीहरुले उक्त आन्दोलनको तयारि गरेका हुन् ।

भिक्टोरियाको रेल तथा बस सेवा युनियनले आगामी हप्ताका दुईवटा सोमबार आन्दोलनमा जाने बताएका छन् । जसले गर्दा ट्रेनको समयमा सामान्य दिनभन्दा १ घण्टा ढिलो हुने उनीहरुले चेतावनी दिएका छन् ।

कर्मचारीहरुले तलब तथा सुविधामा वृद्धिको माग गर्दै आएका छन् । उनीहरुले तलबमा ६ प्रतिशत वृद्धि तथा सुविधामा वृद्धिको माग गर्दै आएका छन् । Source : 7 News

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments