मेलबर्न । अष्ट्रेलियाको एक युनिभर्सिटीले बलिवुडका बादशाहको रुपमा मानिने अभिनेता शाहरुख खानलाई मानार्थ डाक्टर उपाधिबाट सम्मान गरेको छ । मेलबर्नको ला ट्रोब युनिभर्सिटीले शाहरुख खानलाई सम्मान गरेको हो ।

शाहरुख खानले ‘मीर फाउन्डेसन’ मार्फत बालिबालिका तथा महिलाको लागि विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । आफ्नी आमाको नामबाट उक्त संस्था स्थापना गरि उनले देशैभरि आफ्नो सामाजिक अभियान फैलाइरहेका छन् । एसिड आक्रमणमा परेका तथा अन्य हिँसामा परेका महिलाहरुलाई उनले आफ्नो अभियान मार्फत पुनर्जीवन दिइरहेका छन् । उनको यो सामाजिक कार्य संगै आफ्नो करियरमा हासिल गरेको सफलताको कदर गर्दै ला ट्रोब युनिभर्सिटीले उनलाई मानार्थ डाक्टर उपाधि दिएको हो ।

ला ट्रोब युनिभर्सिटीले पीएचडी गर्न चाहने एक जना भारतीय छात्रालाई शाहरुख खानको नामबाट छात्रवृत्ति प्रदान गरिने समेत जनाएको छ ।

La Trobe University

@latrobe

 :’I experienced firsthand the superficiality of social values that place a woman’s appearance before her inner worth. I wanted to subvert that idea – to create a space where a woman can be freed of these archaic notions, and the true source of her beauty could be celebrated.’

View image on Twitter

Comments

comments