काठमाडौं । विहीवार पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने,युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई म्याद थपकालागि शुक्रवार अदालतमा पेश गरिदैछ ।

प्रहरी स्रोतका अनुसार तीनै जनालाई शुक्रबार बिहान चितवन जिल्ला अदालतमा म्याद थप गरिनेछ । ती प्रहरी अधिकृतका अनुसार अदालतमा अनुसन्धानका लागि १० दिनका लागि म्याद थपको माग गरिनेछ ।

कति दिन प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गर्ने भन्ने अदालतकै फैसलामा भर पर्छ । तर, अनुसन्धान लम्बिदै जाँदा पटक–पटक म्याद थपका लागि अदालतसँग माग गरिनेछ ।

बढीमा २५ दिन बढी प्रहरीले नियन्त्रणमा राख्न सक्दैन । त्यो अवधिभित्रै अनुसन्धानले ठोस् रुप लिनेछ । त्यसपछि भने तीन वटा निर्णय हुन्छ । दोषी वा निर्दोष भन्ने फैसला अदालतले गर्छ ।

तर, २५ दिनभित्रै लामिछानेसहित तीन जनाबारे निर्णय हुन्छ । धरौटीमा छुट्ने, सामान्य तारेखमा रहने अथवा पूर्पक्षका लागि जेल चलान ।

टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई प्रहरीले अनुसन्धानका लागि विहीवार नियन्त्रणमा लिएका हुन् ।

लामिछाने र युवराज कँडेल बिहीबार साँझ न्यू २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परे भने अस्मिता कार्की कंलकीबाट पक्राउ परेकी थिइन् । तीनै जनालाई प्रहरीले विहीवार नै चितवन लगेको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीन जनाबारे निकै चासो देखाइएको छ । प्रहरीको दश दिन लामो अनुसन्धानपछि लामिछानेसहित तीन जना पक्राउ परेका हुन् ।

सार्वजनिक भिडियोअनुसार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई मर्नका लागि दुरुत्साहन गरेको प्रमाण प्रहरीले फेला पारिसकेको छ।

पुडासैनीले रेकर्ड गराएको भिडियोलाई प्रहरीले ‘मृत्युकालिक कथन ९डाइङ डिक्लेरेसन०’ मानेको छ ।

मृत्युकालिक कथनलाई प्रमाण ऐन–२०३१ ले बलियो प्रमाण मान्छ ।

“पत्रकार पुडासैनीले आत्महत्या अगाडि रेकर्डमा भनेको कुराहरू प्रमाणित हुन्छ । यो बलियो प्रमाण हो”, एक प्रहरी अधिकृतले भने ।

Comments

comments